श्री भगवती माध्यमिक विद्यालयको वेभसाईटमा स्वागत छ ।

परिचय

 मोरङ्गको बेलबारी नगरपालिका वार्ड नं ३ मा अवस्थित यस भगवती मा.वि. २०२१ सालमा स्थापित भई २०६० सालबाट कक्षा ११ र १२ सञ्चालन गरेको यस मा.वि. ले छोटै समयमा स्तरीय भौतिक पूर्वाधारको तयारी र उत्साहजनक शैक्षिक उपलब्धि हाँसिल गर्दे अनवरत रुपमा अगाडि बढिरहेको छ । पाठ्यक्रमको प्रभावकारी तथा गुणस्तरीय अध्ययन-अध्यापनबाट स्थापनाकालको प्रथम समूहदेखि नै उत्साहजनक नतिजासहित आर्दश विद्यार्थीहरु उत्पादन गर्दै स्नातक तह अध्ययन गर्न विश्वविद्यालय तर्फ उन्मुख गराउन सफल भएका छौँ ….

विद्यालय भवन
हेमसागर ढकाल,वि.व्य.स. अध्यक्ष

विद्यालय व्यस्थापन समिति अध्यक्षका तर्फबाट

गुणस्तरीय र गतिशील शिक्षा प्रदान गर्ने उत्कृष्ट प्राज्ञिक केन्द्रका रुपमा विकास गर्दै उच्च गुणस्तरीय अध्ययन तथा अध्यापनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने नागरिक तयार गर्ने परिकल्पना तथा सङ्कल्प सहित २०२१ सालमा स्थापित भगवती मा.वि. ले स्तरीय भौतिक पूर्वाधारको तयारी र उत्साहजनक शैक्षिक उपलब्धी हाँसिल गर्दै अनवरत रुपमा अगाडि बढिरहेको छ ।हाम्रा दक्ष अध्यापकहरुको लगनशीलता ,विद्यार्थीहरुको परिश्रम,अभिभावकहरुको उत्साह र व्यवस्थापकीय पक्षको 

प्रधानाध्यापकको तर्फबाट

केवल ३७ विद्यार्थी लिई दृढ प्रतिबद्धताका साथ सानै रूपमा २०६० सालाबाट सुरु गरिएको कक्षा ११ र १२ मा यस मा.वि.ले शिक्षक विद्यार्थी तथा अभिभावकहरुको सत् प्रयत्न तथा लगनशीलताले छोटै अवधिमा उल्लेखनीय भौतिक तथा शैक्षिक उपलब्धि हाँसिल गर्दै २०७९ सालमा आइपुग्दा बहुसङ्ख्यक सिमान्तकृत समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शैक्षिक कार्यक्रममा सहभागी बनाउने सफलता प्राप्त गरेको छ । शिक्षक , विद्यार्थी तथा अभिभावकहरूको यो प्रयत्न तथा लगनशीलता निरन्तर प्राप्त हुने अपेक्षा सहित आगामी दिनमा मा.वि. का शैक्षिक कार्यक्रमहरु थप व्यवस्थित तथा उच्च गुणस्तरीय बनाउँदै लैजाने कुरामा विश्वास दिलाउन चाहन्छु ।

श्री नारायण प्रसाद आचार्य , प्रधानाध्यापक

कक्षा ११ र १२ मा सञ्चालित कार्यक्रमहरु

विद्यार्थी भनाई

I am fortunate to study at Shree Bhagawati Secondary School. My experience at this school is great. Teachers of this school are found to be well qualified and inspiring . They try their best to lead us towards our destination. The staff is excellent and the rules help keep the school safe and in order.I have been encouraged right from the beginning by Teacher & staff in this school.
Uttam Pradhan
12 Management(Computer)
मोरङ जिल्ला उत्तरी भेगमा अवस्थित भगवती माध्यमिक विद्यालयले २०६० सालदेखि माध्यमिक तहमा कक्षा ११ र १२ को पठनपाठन सुरु गरी आजका दिनसम्म उत्कृष्ट नमुना प्रस्तुत गरी सकेको छ । भौतिक रुपले सम्पन्न यस मा.वि. मा योग्य अध्यापकहरुद्वरा अध्यापन गराईन्छ भने व्यवहारिक ज्ञान र सिपको विकास गर्दै आफ्ना विद्यार्थीहरुको भविष्यलाई उज्जवल बनाउन लागि परेको छ । यस मा.वि. मा अध्ययन गर्न पाएकोमा आफूलाई गौरवान्वित ठान्दै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीहरुले यस मा.वि मा भर्ना भई आफ्नो भविष्य सुरक्षित गर्नुहोस् ।
अन्जली तामाङ
12 ‍शिक्षा

हाम्रो टिम

नारायण प्रसाद आचार्य

प्रधानाध्यापक/मा.तृतिय

वि.कम/ वि.एड, एम.ए

हेमराज दाहाल

सा.प्र.अ (मा‍. तृतिय)

एम.एस्सी

चेतनाथ निरौला

सा.प्र.अ (मा. तृतिय)

एम.एड

जनक सुब्बा लिम्बु

मा. तृति

वि.एस्सी. एम.एड

अभिभावकको नजरमा

किशोर खत्री
श्री भगवती माध्यमिक विद्यालय बेलबारी अभिभावकहरुको नजरमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित छ । दक्ष तथा कुशल प्रशासन र अनुभवी शिक्षकहरुको अथक प्रयत्न व्यवस्थापनको दुरदर्शीताका कारण छोटो समयमा भौतिक तथा शैक्षिक विकासमा फड्को मार्न सफल यस मा.वि ले मोरङ्ग जिल्लाकै नमुना सामुदायिक माध्यमिक विद्यालयको श्रेय पाउन सकेकोमा अभिभावकहरु हर्षित छौ । यस माध्यमिक विद्यालयले सबै वर्ग, तह र क्षेत्रका अभिभावकहरुलाई समेटी विद्यालयको मूल प्रवाहमा समावेश गरिरहेको छ । यस माध्यमिक विद्यालयले भविष्यमा अझ उन्नति र प्रगतिको मार्गलाई विस्तार गर्दै प्राविधिक विषयमा अध्यापन कार्य सञ्चालन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
किशोर खत्री
बेलबारी-३,मोरङ्ग

हामीलाई सम्झनुहोस्

फोटो / ग्यालेरी

हामीलाई खोज्नुहोस्